धादिङ क्रिक रिसोर्टमा होलीमा स्विमिङ पुल पार्टी हुने
1270 पटक पढिएको

सदरमुकाम धादिङबेसीमा स्विमिङ पुल सहितको सुविधाका साथ संचालनमा आउने तयारीमा रहेको धादिङ क्रिक रिसोर्टमा यस बर्षको होलीको अवसरमा स्विमिङ पुल पार्टी हुने भएको छ ।
धादिङबेसी सिरानवजारमा निर्माणाधिन अवस्थामा रहेको क्रिक रिसोर्टले होलीमा रमाउने चाहने सबै उमेर समूहलाई लक्षित गरी लाईभ म्युजिक सहित स्विमिङ पुल पार्टीको आयोजना गरेको रिर्सोटका संचालक रामचन्द्र गिरीले जानकारी दिनु भयो ।
पार्टीमा लाईभ म्युजिक, डिजे सिमोन, कल्चरल प्रोग्राम, लोकल व्याण्डको कन्सर्टका साथै ककटेल पार्टी निःशुल्क रहेको पनि गिरीले वताउनु भयो ।