धादिङको गर्तुङमा ग्याँस सिलिण्डर पडकिएर घरमा आगलागी

1106 पटक पढिएको

३ चैत्र २०७५, आईतवार २२:५६ सम्पादक: धादिङ न्यूज

खनियावास – खाना पकाउने ग्याँस सिलिण्डर विष्पफोट हुंदा धादिङको गर्तुङ गाउँमा एक घर जलेको छ । आईतबार सांझ सवा ५ वजे तिर जिल्लाको खनियावास गाउँपालिका वडा नम्बर १ गर्तुङ चक्र बहादुर तामाङको घरमा खाना पकाउने ग्याँस चुलोबाट एक्कासी आगलागी भई सिलिण्डर पडकिएर क्षती भएको हो ।
आगोलागीबाट घर पुर्ण रुपमा क्षति भएको छ भने घरभित्र भएको अन्नपात चामल ३० बोरा,कोदो १० मुरी‚ मकै ६ मुरी‚नगद एक लाख वयानब्बे हजार सोलार ८० र २० वाटको २ थान‚ काठपात‚ भाडावर्तन र लत्ताकपडा लगायतका सामानहरु जली अन्दाजी १३ लाख २४ हजार ४ सय ५० रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनु भयो । पछिल्लो समय जिल्लाका विकटका वस्तिहरुमा महंगो भाडा तिरेर भएर गाउँ गाउँमा खाना पकाउने ग्याँस सिलिण्डर लैजाने गरिएको भएपनि त्यस्को सुरक्षित प्रयोगमा भने कमैले मात्रै चासो दिने भएकाले ग्याँस सिलिण्डरबाट दुर्घटनाको संख्या बढ्दै गएको छ ।