आठ वर्षमा साढे ५७ लाखले लिए एमआरपी

1204 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, १८ फागुन । नेपालमा मेशिन रिडेवल पासपोर्ट (एमआरपि) शुरु भएको आठ बर्ष भईसकेको छ । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन । एमआरपि शुरु हुनुअघि नेपालले हस्तलिखित पासपोर्ट प्रयोग गर्दै आईरहेको थियो ।
सन २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष र ११ लाख ६ हजार नौ सय ८० महिलाले एमआरपी लिएका छन् । यस्तै, अन्य परिचय खुलाएर एमआरपी लिनेको संख्या २६ मात्रै छ ।
राहादानी विभागका सूचना अधिकृत तीर्थराज अर्यालले जनवरीसम्म वितरण भएको एमआरपीमा पुरुषको संख्या धेरै रहेको बताए । ‘वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या बढी भएकाले यसो भएको हुन सक्छ । तर, आधिकारिक कारण खोजी भएको छैन,’ अर्यालले भने । यो समाचार नयाँ पत्रिकाले लेखेको छ ।