हावाहुरीबाट घाइते भएकाहरुको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने

570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर आईतबार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आएको हावाहुरीबाट घाईते भएकाहरुलाई भेट गर्नुभएको छ । बारा र पर्साबाट उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएका घाइतेलाई भेटेर मन्त्री पोखरेलले स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।
घाइतेलाई भेटेपछि मन्त्री पोखरेलले सात जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घाइतेको उपचारमा स्वास्थ्यकर्मीहरु निरन्तर खटिरहेको पनि उहाँले बताउनुभयो ।
सबैं स्रोत साधन प्रयोग गरेर घाइतेको उपचार गर्न उहाँले चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । घाईतेहरुको सम्पुर्ण उपचार खर्च राज्यले व्योहोर्नेे मन्त्री पोखरेलले बताउनुभयो । ‘घाइतेको सरकारी अस्पतालमा उपचार भइरहेको छ । खर्चको चिन्ता लिनुपर्दैन,” उहाँले भन्नुभयो ः घाइतेको उपचार राज्यले गर्छ । संघीय सरकारको तर्फबाट गर्नुपर्ने सबैं सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ । आइतबार बेलुकी आएको हावाहुरीबाट घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको थियो ।
यसै बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले आफुले पाउने एक दिनको दिनको पारिश्रमिक बारा र पर्सा जिल्लाका हावाहुरी पिडितलाई सहयोग गर्ने भएका छन् ।
पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको एक दिन बराबरको पारिश्रमिक हावाहुरी पीडितका लागि दिईने घोषणा गर्नु भएको हो । प्रभावित क्षेत्रको स्थलगत अध्ययनका लागि जानुभएका प्रधानमन्त्री ओलीले पिडितहरुको उद्दार र राहतका लागि आम जनता समक्ष आव्हान समेत गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले भन्नु भएको छ, ‘बारा र पर्सामा आएको त्रासद आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने समेत जानकारी गराउँछु ।’