३ नम्बर प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार रेवती सापकोटा नियुक्त

868 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २७ चैत । पत्रकार रेवती सापकोटा ३ नंम्बर प्रदेशको प्रेस रजिष्ट्रारमा नियुक्त हुनु भएको छ । बुधवार बसेको ३ नंम्बर प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पत्रकार सापकोटालाई प्रेु रजिष्ट्रारमा नियुक्त गरेको हो ।
मुलुकमा संघीयता कार्यान्वयन गर्ने क्रममा प्रदेशको रजिष्ट्रारमा नियुक्त हुने सापकोटा पहिलो व्यक्ति हुनुहुन्छ । सातवटा प्रदेश मध्ये ३ नम्बर बाहेक अरु कुनै पनि प्रदेशमा अहिले सम्म प्रेस रजिष्ट्रार नियुक्त गरिएको छैन ।
पत्रकार सापकोटा हाल ‘दि हिमालयन टाइम्स’ दैनिकमा कार्यरत हुनुहुन्छ । सिन्धुपाल्चोक जिल्लाका स्थायी वासिन्दा सापकोटाले दुई दशकभन्दा लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आउनु भएको छ । यसअघि राजधानी दैनिक, नेपाल वान टेलिभिजन,अन्नपूर्ण पोष्ट, दैनिक लगायतका संचारमाध्यममा पनि सापकोटाले काम गरिसक्नु भएको छ ।