समायोजन भएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं– समायोजन पछि पदस्थापन भएका कर्मचारीलाई तोकिएको स्थानमा गएर काम गर्न निर्देशन दिँंदै गृह मन्त्रालयले काम गर्न नजाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निर्णय भई समायोजनपछि मन्त्रालय अन्तर्गत विभिन्न स्थानमा पदस्थापन भएका कर्मचारीलाई कामकाजमा खटाइसकेको भए पनि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको भन्दै मन्त्रालयले विहीबार सार्वजनिक सूचना जारी गरी आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई गम्भीरतापूर्वक मनन गर्न सचेत गराएको हो ।
“तोकिएको ठाउँमा नगए प्रचलित कानूनअनुसार कारवाही भइजाने व्यहोरासमेत यसै सूचनामार्फत अवगत गराइएको छ,” मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।