चोरीको स्कुटर सहित कालिकोटका कमल धादिङमा पक्राउ

2617 पटक पढिएको

१४ जेष्ठ २०७६, मंगलवार १४:५८ सम्पादक: धादिङ न्यूज

धादिङ – काठमाण्डौंबाट चोरी गरेर ल्याएको स्कुटर सहित एक युवकलाई धादिङको गजुरी गाउँपालिका विहानी पम्प नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी गस्ती टोलीले धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पेट्रोलपम्प स्थित पृथ्वी लोकमार्गबाट चोरीको स्कुटर सहित एक युवकलाई पक्राउ गरेको हो ।

मंगलबार विहान गजुरीबाट मलेखु तर्फ शंकास्पद अवस्थामा बा ७७ प १४५ नम्बरको स्कुटरलाई धकेल्दै लैजादै गर्दाको अवस्थामा कालिकोट जिल्ला तिलागुफा नंगरपालिका वडा नम्बर १ बस्ने किसन हमालको छोरा २१ बर्ष को कमल हमाललाई सोधपुछ गर्दा निजले उक्त स्कुटर काठमाण्डौ बानेश्वरबाट चोरी गरी ल्याईएको स्विकार गरेपछि प्रहरीले उक्त स्कुटर सहित हमाललाई आवश्यक अनुसन्धानको महानगरिय प्रहरी वृत नयाँ बानेश्वर काठमाण्डौ पठाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।