मलेखुमा शिक्षिकाको पिटाईबाट ३ कक्षामा पढ्ने बालकको शरिरभर निलडाम

1276 पटक पढिएको

सम्पादक: Dhading News

मलेखु-आंफुले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै धादिङको मलेखुमा रहेको एक निजी बिद्यालयमा पढाउने शिक्षिकाले बिद्यार्थीलाई शरिरभर निलडाम हुने गरी पिटेकी छिन ।

वेनिघाट रोराङ गाउँपालिकाको मलेखुमा रहेको पशुपति शिक्षा मन्दिरको कक्षा ३ मा पढ्ने ९ बर्षिय सक्सेस कँडेललाई बिद्यालयकी शिक्षिका इस्मा कँडेल रेग्मीले असार १२ गते दिउँसो आँफुले पढाएको पाठको प्रश्न सोध्दा जवाफ दिन नसकेको भन्दै लौराले पिटेकोे बिद्यार्थीहरुले वताए ।
शिक्षिका रेग्मीले केही दिन अघि सबै बिद्यार्थीलाई पाथफाइन्डर बिषयको २० बटा प्रश्नको जवाफ लेखेर ल्याउन भनेकोमा लेख्न नसक्ने जति बिद्यार्थीलाई एक प्रश्नको एक लौरो दरले कुटेको पिडित बिद्यार्थीहरुले जानकारी दिए ।

असार १२ गते भएको सो घटना ढिला गरि बाहिर आएको हो । छोरा छोरी शरिर भरी निलडाम लिएर घर पुगेपछि अभिभावकहरुले खोजीनिति गर्दा शिक्षिका रेग्मीले पढाएको पाठको जवाफ नदिएको भन्दै कुटपिट गरेको रहस्य खुलेको हो ।

पढ्न भनेर बिद्यालयमा पठाएको छोरा छोरी शिक्षिकाको हातबाट कक्षा कोठामै निर्घात कुटपिट भई घाईते हुने अवस्था आउनु दुःखद घटना भएको अभिभावकहरुले वताएका छन् ।घटनाको निष्पक्ष छानविन गरी दोषि माथि कारवाही हुनु पर्ने माग अभिभावकहरुको छ ।

छोरालाई बोर्डिङ पठाउन खोज्दा रोएर जान नमानेपछि के भएको हो भनेर सोध्दै जाँदा शिक्षिका रेग्मीले लौरै लौरोले पिटेको निलडाम देखाएपछि आंँफु निकै दुःिखत हुन पुगेको कुटाई खाएका सक्सेस कँडेलकी आमा संगिताले वताईन ।

बिद्यार्थीले कुनै पनि नाममा पिटाई खानु सरासर गलत कार्य भएको र यस्तो कार्यमा संलग्न शिक्षिका संग एक चरण बसेर अब आईन्दा गल्ती नदोहो¥याउन सचेत गराईएको र गल्ती दोहोरिए जुनुसुकै बेला त्यस्ता शिक्षक माथि कारवाही गरिने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमि प्रसाद कँडेलले वताए ।

बिद्यालयका प्रिन्सिपल सहदेव रेग्मीले पनि आँफु बिद्यालयमा नभएको दिन उक्त घटना भएको र अभिभावकहरुले जानकारी गराएपछि आँफुले सो बारेमा थाहा पाएकोले बिद्यार्थीहरुलाई स्थानीय अस्पतालमा लगेर उपचार गराई शिक्षिका रेग्मीले स्पष्टिकरण लिएर सचेत गराईएको वताएका छन् ।

बिद्यार्थीले गल्ती गरे उनिहरुलाई माया गरेर सुधानुपर्छ भन्ने आफ्नो मान्यता भएपनि शिक्षिका रेग्मीले गलत काम गरेकाले यो घटनाले निकै लज्जाबोध भएकोले व्यवस्थापन समिति , अभिभावक, बिद्यार्थी र शिक्षकहरु बसेर छलफल गरी दोषि शिक्षिका माथि कारवाही अघि बढाउन आंँफु तयार रहेको प्रिन्सिपल घिमिरेले जानकारी दिए ।

अभिभावक संघका पुर्व केन्द्रिय अध्यक्ष सुप्रभात भण्डारीले पनि यो घटनाले वालवालिकाहरु बिद्यालयमै असुरक्षित छन भन्ने देखाएकाले यस्तो हर्कतमा संलग्न व्यक्तिलाई तत्काल बिद्यालय प्रशासनले वर्खास्त गरी बिद्यालय दण्डरहित छ भन्ने सन्देश दिनु पर्ने वताए ।

निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले पनि यो घटना निन्दनीय भएको वताएका छन । बिद्यालयमा आएका वालवालिकलाई यातना होइन दण्डरहित बाताबरणमा शिक्षा दिइनु पर्दछ । यो या त्यो नाममा बिद्यार्थी कुटपिट गर्ने अधिकार कसैलाई पनि छैन । प्याब्सनले पनि घटनाको छनविन शुरु गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।