पहिरोले घर भत्किंदा गजुरीमा आठ बर्षिया बालिकाको मृत्यु
1583 पटक पढिएको

धादिङ, २७ असार – अबिरल बर्षाका कारण घर भत्किंदा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ दरिगांल बालु्वागाउँमा आठ बर्षिया बालिकाको घरले च्यापेर मृत्यु भएको छ । शुक्रवार दिउँसो १२ वजे तिर घर भत्किंदा कृष्णबहादुर तामाङको ढुङ्गा माटो र टिनले छाएको एक तले कच्चि घर पहिरोले भत्किँदा निजको छोरी बर्ष ८ कि अस्मिता तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परि कृष्णबहादुरको छोरा बर्ष १२ को जयराम तामाङ घाईते भई उपचारको लागि गजुरी लगिएको छ ।