थांक्रेमा निगाले खोलाले बगाएर एक जना बेपत्ता
2214 पटक पढिएको

धादिङ,२७ असार – धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मल्डुङका ५६ बर्षिय गोकुल गिरीे बाढीले बगाउँदा हराईरहेका छन् ।
खेतको काम सकेर घर फर्कने क्रममा गिरी र बद्री भुजेललाई निगाले खोलाको बाढीले बगाएको स्थानीयले वताएका छन । भुजेल दुई सय मिटर तल पुगेपछि खोलाबाट बाहिर निस्कन सकेपनि गिरीलाई भने बाढीले वगाएर वेपत्ता वनाएको थांक्रे गाउँपालिका वडा नम्बर ३ का कान्छा शाहीले वताउनु भयो । भुजेलको अनुहारमा घाउ चोट समेत लागेको वताईएको छ ।
दिउँसो ४ वजे तिर भएको सो घटनापछि स्थानीयवासी, आफन्त, छरछिमेकीले खोजी कार्यलाई तिव्र वनाएको भएपनि राती ९ वजे सम्म पनि भेट्न नसकेको शाहीले जानकारी दिनु भयो ।