त्रिशूलीमा बस खस्यो, पाँच जना जनाको मृत्यु, ३० जना वेपत्ता (यात्रुको नामावली सहित )
1558 पटक पढिएको

केशव अधिकारी
धादिङ,२४ साउन – सर्लाही जिल्लाको मलंगवाबाट काठमाडौंका लागि छुटेको रात्रीबस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाट स्थित त्रिशूली नदीमा खस्दा ३ जनाको घटनास्थलमानै ज्यान गएको छ भने १६ जनाको जीवितै उद्धार गरिएको छ । दुई जनाको शव मुग्लिन नजिकै त्रिशूली नदीमा भेटिएको छ उनिहरुको सनाखत हुन सकेको छैन । ३० जना यात्रु हराईरहेको आशंका गरिएको छ । बसमा सर्लाहीको मलंगवाबाट ४० जना हरिपुरबाट २ जना यात्रु चढेको ,बसका ३ जना कर्मचारी र क्याविनमा पनि चार जना यात्रु रहेकोमा उनिहरुले टिकट नकाटेको कारण परिचय खुल्न सकेको छैन । सवार रहेको यात्रुहरुले वताएका छन ।
मलंगवाबाट काठमाण्डौं जांदै गरेको ना ६ ख ७४६९ नम्बरको सृष्टि डिलक्सको रात्री बस शुक्रबार बिहान ३.३० बजेको समयमा त्रिशूली नदीमा खसेको हो । पृथ्वीराजमार्गबाट एक सय मिटर तल त्रिशूली नदीमा बस खसेको थियो । बस दुर्घटनाको खबर आए लगत्तै इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला प्रहरी कार्यालय धादिङ, शशस्त्र प्रहरी वल आदमघाट, देविदत्त गण गजुरीबाट खटिएको प्रहरी तथा नेपाली सेना, रेडक्रसको उद्धारटोली र स्थानीय बासी घटनास्थल पुगेर उद्धार शुरु गरेका थिए । भिरबाट निकै अप्ठेरो स्थान हुंदै बस खसेकाले उद्धारमा कठिनाई भएपछि डोरीको सहायतामा घाईतेहरुको उद्धार गरिएको थियो । बस त्रिशूली नदीमा आधा भाग डुवेको अवस्थामा यात्रुहरुको उद्धार गरिएको थियो ।
निकै अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय, उद्धारकर्मी र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको छ । चालकसहित १६ जनाको जिवितै उद्धार गरिएको प्रजिअ भागिरथ पाण्डेले बताउनु भयो ।
बसमा चालक जीवन भनेर चिनिने लक्ष्मण जमरकटेल सहचालक प्रमोद चौधरी र कन्टेक्टर ऋषी उप्रेती सवार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा सर्लाहीका ३५ बर्षका अजय दास,बर्ष २५ का विजय कुर्मी र नाम बतन नखुलेका ५५ बर्षिय एक पुरुष रहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका १६ जनामा भुपेन्द्र कुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखर कुमार महतो, राकेश बैठा, संजय महतो, रहेका छन्। त्यसैगरी जहेन्दर ठाकुर, रोहित कुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन ।
घाइतेहरुको धादिङको गजुरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौं पठाइएको धादिङका प्रहरीले जनाएको छ । बस त्रिशूली नदीमा आधा डुबेको अवस्थामा रहेको र अन्य यात्रुहरुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदवारले जानकारी दिनुभयो । अँध्यारोमा बस खसेको र नदीमा बाढी आएको कारण केही यात्रुहरु बगाएको हुन सक्ने आशंकामा नदी तटहरुमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा विपत व्यवस्थापन तालिम केन्द्र कुरिन्टार चितवनका गोताखोर सहितको शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धार गरेका थिए ।
बसमा सवार यात्रुहरु
बिष्णु गाउँपालिकाका खुश रंजन
शिवनगरका मोहम्मद मतलुङ
अगर्वाका नविन कुमार महतो
लक्ष्मीपुरका मनिष रायसहित २ जना
बेलहीका राकेश राउत
भारतका मज्जफरपुरका आशिष कुमार सहित २ जना
गम्हरियाका दिनेश ठाकुर
भारत पर्सा मोडका धीरेन्द्र शर्मा
औरहीका रबि कुमारसहित ३ जना
भारतका अररियाका दिलिप दास सहित ३ जना
मलंगवाका भुपेन्द्र कुमार
त्रिभुवनगरका राजनारायण गुप्ता सहित ४ जना
मलंगवाका संजिव चौधरी
मलंगवाका अरिबन्द सिंह (वकिल)
मलंगवाका अनिष राय
भारतका लरकवा रामबाबु यादव सहित ३ जना
भारतका कुवारीका अजय ठाकुर सहित २ जना
मलंगवाका रोहित मण्डल
मलंगवाका शमिम
मलंगवाका सुशिल श्रीवास्तव र अनिल
गणेशियाका भाग्य नारायण महतो सहित ३ जना
हरिपुरका योगेन्द्र चौधरी र अमित लामा