गल्छीमा राती देखिनै पहिरोले पटक पटक सडक अबरुद्ध

1690 पटक पढिएको

२५ भाद्र २०७६, बुधबार ०७:२८ सम्पादक: धादिङ न्यूज

गल्छी । पृथ्वीराजमार्गको गल्छी हुंदै कतै यात्रामा निस्कंदै हुनुहुन्छ भने समयको अलि तयारी गर्नुहोला । गल्छी नजिकै लेदो माटो खसेर सडक अबरुद्ध भएका कारण निर्धारित समयमै गन्तव्यमा पुग्न सक्ने अवस्था अझै बनिसकेको छैन ।  लेदो मिसिएको रातो  माटोको लेदो सडकमा खस्नेक्रम नरोकिंदा धादिङको गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकैको पृथ्वीराजमार्ग केही दिन यता दिनहुँ घण्टौं अबरुद्ध हुनेक्रम बढ्दै गएको छ ।

पुरानो गल्छीवजार भन्दा केही माथिको सडक खण्डमा माथिबाट आएको रातो माटोको लेदो सडकमा खस्नेक्रम नरोकिंदा पृथ्वीराजमार्गमा दिनहुँ सवारी आवागमन अबरुद्ध हुंदै आईरहेको छ । सोही पहिरोको कारण केही दिन यता गल्छी क्षेत्रमा दैनिक घण्टौंसम्म सडक अवरुद्ध समेत भईरहेको छ ।

पहिरो खसिरहेको भिडियो हेर्नुहोस

गल्छी गाउँपालिका–७ डल्टारमा खेत सिंचाईको लागि लगाईएको पानी खेतमा लगाएपछि त्यहाँबाट लेदो माटो बग्दै सडकमा थुप्रिने गरेको कारण गत बर्ष पनि यहि ठाउँमा महिनौ दिन सम्म दिनहुँ सडक अबरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि यसलाई हटाउन गाउँपालिकाले डोजर लगाएर लेदो माटो फाल्दै आईरहेको गल्छी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरि खतिवडाले बताउनु भयो ।
खेतमा पानी लगाएको समयमा मात्रै पहिरो खस्ने र सो पहिरोले सडकमा गाडीहरु रोकिंदा हजारौं यात्रु बिच बाटोमा बिचल्ली पर्ने गरेका छन् । केही दिन यता राजमार्गमा सवारी साधनको लाम देखिने गरेको छ ।


पहिरो खसेको सडक खण्ड भन्दा माथि ठाउँमा जमिन चिरिन थालेपछि आसपासका वासिन्दा समेत पहिरोको जोखिमबाट त्रसित हुन पुगेका छन । गल्छीमा रहेका पत्रकार सन्तोष अधिकारीका अनुसार आज पनि पहिरोले सवारी साधन रोंकिंदै छिन छिनमा खुल्ने क्रम जारी रहेको छ

तस्बिरहरु  : सन्तोष अधिकारी र राजकुमार रिमालको फेसबुकबाट