कालुपाण्डेमार्गमा बस दुर्घटना, १० जना घाइते
1302 पटक पढिएको

धादिङ २७ भदौ – धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर – ६,मा पर्ने मुक्तिनाथ मन्दिर नजिकै कालुपाण्डे मार्गमा शनिबार साँझ बस दुर्घटना हुंदा १० जना घाइते भएका छन ।
सदरमुकाम धादिङबेसीबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ८२७९ नम्बरको बस र चितवनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।घाइतेहरुको अहिले जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ ।