झाँक्रीले पेट प्वाल पारिदिएको मगरको मृत्यु
1500 पटक पढिएको

धादिङ,३१ भदौ – जण्डिसको उपचार गराईदिने भन्दै झाँक्रीले व्लेडले पेट चिरेर थला पारिदिएका विरामीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा झाँक्रीबाट भदौ १५ गते व्लेडले पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार सांझ ७ वजे तिर जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको हो । जण्डिसले थलिएको विरामी राजुको पेट चिरेर अशक्त बनाएपछि भदौ २५ मा उनलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।
जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ झगरेका राजु २ महिना देखि जन्डिसले थलिएका थिए । जण्डिसको उपचार गरिदिने भन्दै आफूलाई महायान लामा झाँक्री बताउने धादिङबेसीका गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई आफ्नै घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकाले बापत लामाले विरामी संग ८ हजार ३ सय ८० रुपैयाँ पनि लिएको राजुकी श्रीमती विमला मगरले वताईन ।
घटना के भएको थियो जान्नका लागि यो लिंक खोलेर पढ्नुहोस
झाँक्रीले पेटमा प्वाल पारिदिएपछि स्वास्थ्य अवस्था झनै जटिल भएपछि राजुलाई उपचारका लागि काठमाडौँको नयाँ वजार स्थित पिपुल मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर विरामीलाई फिर्ता गरिदिएपछि आफन्तले राजुको उपचार जिल्ला अस्पतालमा ल्याएर गरिरहेका थिए ।
लामा विरुद्ध परिवारजनले यस अघिनै जिल्ला प्रहरीमा उजुरी दर्ता गराएको भएपनि उनी फरार छन् । लामाको खोजीमा प्रहरी लागि रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
- उपचारका लागि जिल्ला अस्पतामा भर्ना गरिएको बेलाको फाईल तस्बिर