आहालेमा निर्माण भएको सामुदायिक भबन हस्तान्तरण

1781 पटक पढिएको

२८ आश्विन २०७६, मंगलवार २१:०० सम्पादक: धादिङ न्यूज

त्रिपुरासुन्दरी -धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ आहालेमा निर्माण सम्पन्न भएको सामुदायिक भबन समुदायलाई हस्तान्तरण गरिएको छ ।


सामुदायिक कार्यका लागि गर्नुपर्ने भेला, छलफल, बैठक बस्न सजिलो होस भनि लायन्स क्लव अफ नेपाल हाईलाईटको पहलमा रुमाहेदी फाउण्डेशन नेपा र स्टिचिङ प्रोजेक्शन नेपालको सहयोगमा १० लाखको लागतमा भवनको निर्माण गरिएको हो ।


स्थानीय सामाजिक अगुवा हस्तबहादुर भण्डारीको अध्यक्षतामा मंगलबार आहालेमा भएको भवन हस्तान्तरण कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो भने रुमाहेदी फाउण्डेशन नेपालका अध्यक्ष एर्नो भान डे सान्देको बिशेष आतिथ्य रहेको थियो ।


कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष लोकेन्द थापा लायन्स क्लब अफ नेपाल हाईलाईटका बुद्धि बुर्लाकोटी, बिनोद सडौला, दिनेश प्रसाद तिम्सिना र ईश्वर भण्डारीको उपस्थिति रहेको थियो ।