हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ
1725 पटक पढिएको

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका नीलकण्ठ नगरपालिका वडा नम्बर ४ देउरालीछापका ५३ वर्षीय अम्वरवहादुर राना मगरलाई मंसिर२२ गते आईतबार पक्राउ गरेको हो ।
धादिङ जिल्ला अदालतले २०५४ वैशाख ३१ गतेको फैसलाबाट हाडानाता करणीको अभियोगमा राना लाई १० महिना कैद र एक हजार जरिवाना सजाय सुनाएको थियो । पक्राउ परेका रानालाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले वताउनुभयो ।