मन्त्रीपरिषदको निर्णय- ८ दिन थपियो लकडाउन

868 पटक पढिएको

सम्पादक: Dhading News

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन अवधि सकिन एक दिन बाँकी हुँदा थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । अब चैत २६ गते सम्म देश लकडाउनमा जानेछ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप आठ दिन ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेअनुसार मन्त्रीपरिषद्ले आठ दिन थप्ने निर्णय गरेको हो ।
जारी लकडाउनको समय सकिनै लाग्दा भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि समितिको आज बसेको बैठकले थप ८ दिन लकडाउन बढाउनुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गरेको हो।मन्त्रिपरिषद्को निर्णयअनुसार लकडाउन चैत २६ गतेसम्म लम्बिनेछ।
सरकारले नेपालमा कोरोना भाइरसको प्रकोप रोक्न भन्दै चैत १० गते सोमबार साँझ बैठक बसेर चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरी देशभर लकडाउन गरेको थियो।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दोश्रो चरणमा थप ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।गत मन्त्रिपरिषद्को निर्णयले कोरोना फैलिन नदिन भन्दै ११ चैत देखि १८ चैत सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।