कोरोना नियन्त्रण तथा उपचार कोषमा बागमती प्रदेश सरकारको ५० करोड

670 पटक पढिएको

सम्पादक: Dhading News

हेटौंडा – बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो ।

सरकारले १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पु¥याएको हो । मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुगेलले जानकारी दिनुभयो ।

बैठकले प्रदेशमा कोरोना विरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै  निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल लगायतलाई  समेत समेटेर अनुगमन समिति बनाउने निर्णय भएको मन्त्री ढुंगेलले बताउनुभयो । बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएगरेका गतिविधिहरुका बारेमा जानकारी हरु आदान प्रधान गराउन संयन्त्र बनाउने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।