धादिङमा लकडाउन कडा पारियो,अब खाद्यान्न पसलहरु नखुल्ने

2293 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,३ बैशाख – धादिङमा हरेक दिन विहान बेलुकी खुल्दै आईरहेको खाद्यान्न पसलहरु बैशाख १० गते सम्म खोल्न नपाईने भएको छ । यसैगरि बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल आयात गर्न पनि पूर्ण रुपमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको कैठकले धादिङ जिल्लामा बैशाख १० गते सम्मका लागि औषधि बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको हो । यस अघि हरेक दिन विहान ६ देखि ९ वजे सम्म र सांझ ४ वजे देदि ६ वजे सम्म खाद्यान्न बिक्री गर्ने पसलहरु खुल्दै आएका थिए । अब कसैलाई दैनिक उपभोग्य सामान चाहिएमा उद्योग वाणिज्य संघमा सम्पर्क राख्नु पर्नेछ । सामानहरुको सहज वितरण तथा उचित व्यवस्थापन गर्ने जिम्मेवारी उद्योग वाणिज्य संघलाई दिईएको छ ।

कोरोना भाईरसको संक्रमण तथा रोकथामका लागि धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको जिल्ला कमाण्ड बैठकले ढुवानी तथा पसल संचालनमा प्रतिबन्ध लगाएको हो ।

वैठकले १० गते सम्म जिल्लामा रहेका पसलहरु, बैंक तथा वित्तिय संस्थाहरु, इन्सुरेन्स कम्पनीहरुका साथै यातायातमा पूर्ण प्रतिबन्ध गर्ने निर्णय पनि गरिएको छ । बैठकले यस अघि जारी भएका सवारी पासहरु खारेज गर्नुका साथै धादिङको धुनिबेसी पिपलामोड देखि वेनिघाटरोराङको मौवाखोला सम्मको सडकमा पैदलयात्रामा समेत रोक लगाएको छ ।औषधी पसलहरु भने सामाजिक दुरी कायम गरि सुचारु गरिने भएको छ ।

यसै बिच धादिङका उद्यमी व्यवसायीहरुको बुधवार बसेको संयुक्त बैठकले जिल्ला कमाण्डको निर्णयलाई आत्मसाथ गर्दै बजार तथा यातायात पूर्ण रुपमा वन्द गर्ने जनाएका छन ।अब जिल्लाभित्र संचालित दूध, फलफुल, खाद्यान्न तथा तरकारीको पसल पनि बन्द हुनेछन् ।