लकडाउनले युवालाई किन यस्तो बनायो

2843 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज समाचारदाता

आदमटार- हांस्य व्यंग्यको क्षेत्रमा यस जोडीको नाममा स्थापित हुंदै गएका नवोदित कलाकार हुन सुदिप खतिवडा । लकडाउन पछि राजधानीको रंगमञ्च छाडेर सिद्धलेक गाउँपालिकाको आदमटार स्थित घरमा बसिरहेका छन उनी । विभिन्न हाँस्य सिरियल र स्टेजहरुमा गएर आफ्नो प्रस्तुती दिंदै आएका खतिवडाले लकडाउनको कारण घरमा बसरिहेको बेला आफ्नै घर वरपरका दाजुभाई र मध्यम वर्गिग किसानले भोग्नु परेको पिडालाई भिडियोमा उतारेका छन ।

विश्वव्यापी महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न विश्वनै यतिबेला संघर्षमा छ । नेपालले पनि यो महामारी संग जु्ध्नका लागि तीन साता देखि देशमा लकडाउन जारी राखेको छ ।

लकडाउन पछि मानिसहरुको चाप गाउमा बढ्दै जांदा मध्यम वर्गिय परिवारमा अभाव र तनावले समस्या बढाउँदै लगेको छ । बैक तथा वित्तिय संस्थाबाट ऋण खोजेर कुखुरापालन गरिरहेका किसानले कुखुरा बेच्न नपाउँदा ऋणको वोझ थपिएर भोग्नु परेको तितो यथार्थ, काम नभएपछि गाउँतिर बरालिएर बसेकाहरुको दैनिकी, कोरोनाको नाममा फैलिने गरेको भ्रमलाई चिरफार गर्न स्थानीय युवाहरुलाई साथमा लिएर सुदिपले सन्देश मुलक भिडियो बनाएका छन ।

लकडाउन रहर होइन वाध्यता हो कोरोना संग बच्नका लागि भ्रमको पछि लागेर निराश भएर होइन आत्मबल वलियो बनाएर आंफु पनि सुरक्षित भएर अरुलाई पनि सुरक्षित रहन सघाउनु् पर्छ भन्ने सन्देश भिडियोले दिन खोजेको छ ।

चेतनामुलक सामाग्री समेटिएको १० मिनेट ५५ सेकेण्डको उक्त भिडियोमा सुदिपका साथमा सुसन खतिवडा, राजाराम खतिवडा,नारायण गिरि, विजोन अर्याल, रुपेन्द्र खतिवडाको अभिनय रहेको छ भने भिडियो निर्माणका लागि सत्यवती भेटनरीको सहयोग रहेको छ । भिडियोमा समेटिने बिषयको अवधारणा र निर्देशन सुदिपको हो भने भिडियोको दृष्य उतार्ने र सम्पादन गर्ने काम सुसन खतिवडा मिस्टर दारीले गरेका छन ।