धादिङ अस्पताललाई प्रदेश सरकारबाट ३१ लाख निकासा

1281 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ । सो रकमबाट धादिङ जिल्ला अस्पतालले ३१ लाख रुपैयाँ पाउने भएको छ ।

वागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई रु एक करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई रु २० लाख, धुलिखेल नगरपालिकामार्फत धुलिखेल अस्पताललाई रु २० लाख, सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई रु तीन करोड ७७ लाख, हेटौँडा अस्पताललाई रु ५१ लाख, भक्तपुर अस्पताललाई रु ४१ लाख, धादिङ अस्पताललाई रु ३१ लाख, त्रिशूली र सिन्धुली अस्पताललाई पनि रु ३१/३१ लाख निकासा गरेको हो ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयलाई रु २२ लाख, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई रु २२ लाख, चौतारा अस्पताललाई रु २१ लाख गरी कूल रु नौ करोड ९३ लाख निकासा गरिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।