बाल विकास कार्यक्रम नेपालको ७ औं साधारण सभा सम्पन्न

898 पटक पढिएको

सम्पादक: Dhading News


१६ असोज, ललितपुर
धादिङ र मकवानपुरका २१ वटा विद्यालयका १६०० जना भन्दा विद्यार्थीहरुको शैक्षिक कृयाकलाप मा सहयोग गरिरहेको बाल विकास कार्यक्रम नेपालको सातौं साधारण सभा आज ललितपुर मा सम्पन्न भएको छ । धादिङ थाक्रे मा ८ वटा विद्यालय तथा मकवानपुरको कैलास गाउँपालिका को विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको विद्यालय तह अध्ययन गर्न का लागी विभिन्न रचनात्मक सहयोग गर्दै आइरहेको संस्थाले कोरियन फुड फर हङरी इन्टरनेशनल को आर्थिक सहयोगमा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यार्थी, अभिभावक तथा समुदायको शिक्षा, स्वास्थ्य तथा जिविकोपार्जनको क्षेत्रमा एकिकृत कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्षेत्र भित्रका विद्यालयहरुमा शिक्षक सहयोग, फर्निचर, सरसफाई, खेलकुद, कम्प्यूटर जस्ता विद्यालयको आवश्यकताको आधारमा कार्यक्रमहरु सञ्चालन गरिरहेको साधारण सभामा जानकारी गराइएको थियो । संस्थाका उपाध्यक्ष सानुकाजी आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोरियन फुड फर हङरी इन्टरनेशनल का नेपाल प्रमुख जेम्स पार्कको प्रमुख आतिथ्यता रहेको थियो भने थाक्रे वार्ड नंं २ का वडा अध्यक्ष राजकुमार पौडेल र वडा नं. ११ का वडा अध्यक्ष रवि प्रकास ओझाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सहयोगी निकाय, कार्यक्षेत्र भित्रका जनप्रतिनिधि एवं विद्यालयका प्र.अ.हरुको समेत उपस्थिति रहेको थियो ।