सिम्लेमा बस आगलागी
928 पटक पढिएको


धादिङ,२६ असोज – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा बसमा आगलागी भएको छ । हेटौंडाबाट काठमाडौ जाँदै गरेको ना ५ ख ६९० नम्बरको बसमा आगलागी भएर बस पूर्ण रुपमा जलेको हो । बसमा ब्याट्री पड्किएर आगलागी भएको सिम्ले प्रहरीले जनाएको छ । आगलागीबाट मानविय क्षती भने भएको छैन । प्रहरीको सहयतामा आगो नियन्त्रणमा लिइएको थियो ।