गोगनपानीका दिपक मगर ५० किलो चरेशसहित पक्राउ

855 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ- सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले ५० किलो चरेशसहित धादिङको गल्छी गाउँपालिका–८ का ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मगरलाई शनिवार राती थांक्रे गाउँपालिका वडा नम्बर १ मा पर्ने खयरघारी स्थित पृथ्वीराजमार्गबाट पक्राउ गरेको हो ।

बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा सवार मगरलाई प्रहरीले चेकजाँच गर्नेक्रमममा तीन वटा झोलामा चरेश राखेर लैजाँदै गरेको भेटेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

चरेश लिएर गल्छी गाउँपालिका–८ बाट खयरघारीतर्फ जाँदै गरेका मगरलाई शनिवार राती राति करिब साढे आठ बजे गस्तिमा खटिएको शसस्त्र प्रहरीले टोलीले फेला पारेको थियो। उनलाई राति नै आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ।

पक्राउ परेका मगरलाई लागू औषध कारोवार आसार पसार तथा बिक्रि वितरण सम्वन्धि कसुरमा प्रचलित कानून वमोजिम दण्ड सजायँका लागि अदालतबाट अनुमति लिएर थुनामा राखी अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।