साँधभञ्ज्याङमा २१८ जनाले गरे रक्तदान
983 पटक पढिएको

धादिङ,१६ पुस । धादिङको ज्वालामुखी गाउँपालिकाको साँधभञ्ज्याङमा बिहिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
४५ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस ज्वालामुखीको कार्यालय स्थापना तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेस ज्वालामुखी गाउँपालिका इकाई समितिको आयोजना तथा र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३१ जना महिला र १८७ जना पुरुष गरि २१८ जनाले रक्तदान गरेका थिए ।