अमराईमा ट्याक्टरकाे ठक्करबाट बालिकाको मृत्यु
1241 पटक पढिएको

धादिङ, १७ फागुन – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा साेमबार भएको दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ ।
ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले टक्कर दिँदा विष्णु अधिकारीको ११ बर्षिया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयाे ।
दुर्घटना पछि धादिङ अस्पतालमा उपचार हुदाहुँदै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।