बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने
1039 पटक पढिएको

धादिङ। सवारी दुर्घटनाबाट हुने सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सरकारले धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।
आउँदो आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पोडेलले शनिवार यस्तो घोषणा गर्नुभएको हो । सवारी दुर्घटनाका घाइतेको उपचारका लागि बेल्खु स्थित पृथ्वीराजमार्गमा ट्रमा सेन्टर स्थापना गर्न लागिएको हो ।
राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाका कारण वर्षेनी संयौं व्यक्तिले ज्यान गुमाइरहेका छन्। भने हजारौं मानिस घाइते भइरहेका छन्।