सिड्स धादिङद्धारा थाक्रे गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण सर्जिकल बेड सहित ८ लाख ८५ हजारको सामान सहयोग
1213 पटक पढिएको

महादेववेंशी २१ जेठ । चन्द्रज्योती एकीकृत ग्रामीण बिकास समाज ( सिर्डस) धादिङले थांक्रे गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको छ ।
विश्वव्यापी फैलिएको कोभिड १९ दोश्रो भेरियन्टका कारण थाक्रे गाउँपालिकालाई समेत अति प्रभावित पारेकोले संक्रमण रोकथाम, परीक्षण, कोरोना नियन्त्रण र उपचारमा समेत सहयोग पु¥याउने उद्धेश्यले युनाइटेड मिसन टु नेपालसँगको साझेदारीमा संस्थाले थांक्रे गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको हो ।
थाक्रेका प्रत्यक वडामा रहेका आधारभूत स्थास्थ्य चौकी तथा आइसोलेसन सेन्टरलाई समेत हुनेगरी आज १८ वटा सर्जिकल बेड सहित ८ लाख ८५ हजार रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै चन्द्रज्योति एकिकृत ग्रामिण विकास समाज सिर्डस धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले विपदको बेला संस्थाको कार्यक्षेत्र रहेको थाक्रे गाउँपालिकालाई एकद्धार प्रणालीबाट कोरोना नियन्त्रण गर्न सहयोग गर्ने योजना बमोजिम सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
कार्यक्रममा थाक्रेगाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सामाग्री ग्रहण गर्नुहुँदै सहयोग गर्ने सिर्डस धादिङलाइृ धन्यवादको साथमा विपदको बेला सवैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नसके कोरोनालाई सजिलै जित्न सकिने हुँदा सवैलाई यो महामारीसँग सजग रहन र नियन्त्रणलाई सहयोग गर्न आग्रह भएको थियो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष कृष्ण पन्त, जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मी तथा युवा स्वयंसेवकहरुको उपस्थिती रहेको थियो ।
सहयोगका सामग्रीहरुमा सर्जिकल बेड १८ वटा, पिपि सेट २२ वटा, अक्सिमिटर ४० सेट, थर्ममिटर ४०, सिटामोल, म्याट्रोन, भिटामिन , जिवनजल, वाटर डिस्पेन्सर १२ वटा, सर्जिकल मास्क २००० थान , १५० थान, केएन मास्क, सेनिटाइजर २० लिटर, ३३ ह्यान्ड टावल लगाएतका सामाग्रीहरु रहेको सिर्डस धादिङले जनाएको छ ।