धादिङमा साउन २० गतेसम्म थपियो निषेधाज्ञा
1234 पटक पढिएको

धादिङ, १० साउन । धादिङमा आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।
शैक्षिक संस्था पनि बन्द नै रहनेछन् ।
जिल्लामा यसअघि नै स्वास्थ्य मापदण्डको पालना गरी पसलहरु खोल्न र सबारी साधन संचालन गर्न अनुमति दिइसकिएको थियो ।