धादिङका तीन पालिकामा सभापति छान्न काँग्रेसलाई सकस
867 पटक पढिएको
धादिङ,१० असोज – शनिवार सम्पन्न भएको नेपाली कांग्रेसको १४ औं महाधिबेशनको गाउँ /नगर अधिबेशनबाट धादिङको १३ मध्ये १० वटा पालिकामा सभापति सहित कार्य समितिको चयनको भएको छ ।
सभापति चयन भएका मध्ये गंगाजमुना र सिद्दलेक गाउँपालिकामा नेतृत्वका लागि मतदान भएको थियो भने नीलकण्ठ नगरपालिकामा निर्वाचन प्रकृया रोकिन पुगेको छ । नेत्रावती डवजोङ र रुवीभ्याली गाउँपालिकामा सहमतिका लागि प्रयास भईरहेको बताईएको छ ।
धुनिवेसी नगरपालिकासहित ९ पालिकामा सर्वसम्मत सभापति चयन भएको नेपाली काँग्रेस जिल्ला समितिले जनाएको छ । अधिबेशनबाट धुनिवेसी न.पा.मा सुरज उप्रेती, गल्छी गाउँपालिकामा दिपक कार्की, थाक्रे गाउँपालिकामा रामप्रसाद बिडारी, गजुरी गाउँपालिकामा भुमी कडेल, वेनिघाट रोराङ गाउँपालिकामा ऋषिनाथ त्रिपाठी, ज्वालामुखी गाउँपालिकामा रेशमराज काप्री, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती र खनियाबासमा मरिचमान तामाङ सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन भने मतदान बाट गंगाजमुनामा फैसिङ तामाङ र सिद्दलेकमा रामशरण गिरी विजयी भएको पनि काँग्रेसले जनाएको छ ।
सदरमुकाम धादिङबेससी स्थित नीलकण्ठ नगरपालिकाको मतदान प्रकृया शुरु भएको केही बेरमा दुई पक्षबिच विवाद बढ्ेर रोकिएको थियो । शनिवार अबेरबाट शुरु भएको मतदान प्रकृया केही बेरमै रोकिन पुगेको थियो नीलकण्ठ मावि स्थित मतदानस्थलमा दुई पक्षबीच विवाद बढेर होहल्ला हुन थालेपछि निर्वाचन समितिले मतदान स्थगित गराएको थियो । नीलकण्ठ नगरपालिकामा नगरपालिकाका प्रमुख भिम ढुंगानाबाट पक्षबाट शम्भुसिहं ठकुरी र पूर्व जिल्ला सभापति रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार रहेका छन् । नीलकण्ठमा पुनःमतदान हुने भनिएपनि दुईपक्ष बिच सहमति नजुट्दा मिति अनिश्चित हुन पुगेको कांग्रेसका एक जिल्ला सदस्यले बताए ।
जिल्लामा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षको नेत्तृत्व पूर्व मन्त्री दिलमान पाख्रिन र पौडेल पक्षको नेत्तृत्व पूर्व सांसद रामनाथ अधिकारीले गरिरहेका छन् । देउवा पक्षमा पूर्वमन्त्री पाख्रिन, वागमती प्रदेश सभाका सांसद डाक्टर राजाराम कार्की,नीलकण्ठ नगरपालिकाका प्रमुख ढुंगाना, नेता शिवराज अधिकारी लगायत रहेका छन् ।
यसै गरी पौडेल पक्षमा काँग्रेसका पुराना नेता हरि अधिकारी, पूर्व सांसद रामनाथ अधिकारी, जिल्ला सभापति रमेश धमला लगायत रहेका छन ।