नेपाल तामाङ कलाकार संघको ७ औं अधिवेशन सम्पन्न

637 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिकत्सव तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । “सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता ” भन्ने नाराका साथ  अधिवेशन सम्पन्न भएको हो ।

२१ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित १३ जना सर्वसम्मत र बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको हो । जसमा विश्व दोङको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष शशिकला मोक्तान, उपाध्यक्ष विशाल काल्तान, महासचिव रोशन फ्युबा, सचीव सुवाष मोक्तान, कोषाध्यक्ष खेम मोक्तान, सदस्यहरु निर्मला घिसिङ्, लक्ष्मी स्याङ्तान, मिङ्स लामा, रेश्मा बम्जन, जितु लोप्चन र अन्जु थोकर सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन प्रक्रियाबाट खुल्ला सदस्य पदमा बुद्ध लामा, जीवन बम्जन, योगेश लामा, आस्मान लोप्चन, बैरागी मोक्तान, अनिल लामा, अशोक लामा, रमित लामा निर्वाचित भएका छन् ।

अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष विश्व दोङले सन्तुष्ट अनि असन्तुष्ट सम्पुर्ण कलाकारहरुलाई एकताबद्ध गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ ।