नेकपा एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा धादिङका ९ जना
930 पटक पढिएको

धादिङ -नेकपा एमालेबाट अलग्गिएको समूहले गठन गरेको नेकपा एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा धादिङ जिल्लाका ९ जना पुगेका छन् ।
धादिङ जिल्लाबाट एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा पुगेकाहरुमा राजेन्द्र पाण्डे उपाध्यक्ष, डाक्टर गंगालाल तुलाधर उप महासचिव, गुरुप्रसाद वुर्लाकोटी केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज, बलराम बाँस्कोटा केन्द्रिय सदस्य एवम कृषि तथा भूमि सुधार विभाग प्रमुख र किसान फाँटको इन्चार्ज,इन्दिरा ढुंगाना र माया शर्मा बैकल्पिक केन्द्रिय सदस्य एवम धादिङ जिल्ला सह इन्चार्ज, कमला तुलधार बैकल्पिक केन्द्रिय सदस्य एवम, कृष्णप्रसाद अर्याल र कृष्णहरि श्रेष्ठ केन्द्रिय अनुशासन आयोग सदस्यमा चयन भएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपालसहित केन्द्रीय कमिटीका ३३५ जना नेताहरुको कार्यविभाजन गरेको छ । असोज ५–७ मा केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ मा बसेको स्थायी कमिटीको सातौं बैठकले गरेको निर्णयअनुसार निर्देशन जारी गर्दै नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यभार र जिम्मेवारी टुङ्गो लगाएको हो।
उपमहासचिव तुलाधरलाई केन्द्रिय कार्यालय सचिवका साथै विपद व्यवस्थापन र शिक्षा विभागको प्रमुखको जिम्मेवारी दिईएको छ भने तुलधारको बहिनी कमला तुलाधरलाइ शिक्षा विभागको उप प्रमुखको जिम्मेवारी दिईएको छ । शिक्षकलाई पार्टीको सदस्य नवनाउने घोषणा गरेको एकीकृत समाजवादीले नेपाल शिक्षक महासंघकी अध्यक्ष कमलालाई पार्टीको बैकल्पिक केन्द्रिय सदस्य बनाएर आफ्नै घोषणाको उल्लंघन गरेको छ ।