धादिङको ८ पालिकामा एमालेको नेतृत्व चयन, बाँकीमा पनि हुंदै

806 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १३ कात्तिक । जिल्लाका १३ पालिका मध्ये ८ वटामा नेकपा (एमाले) को अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएका छन् । मुलुक संघीय संंरचनामा गएपछि पहिलो पटक एमालेले नयाँ संरचना अनुसार पालिका तथा वडा अधिबेशन सम्पन्न गरेर नेतृत्व चयन गर्न लागेको हो ।

एमाले धादिङका प्रचार विभाग प्रमुख राधिका सापकोटा अनुसार जिल्लाको ८ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । उहाँकाअनुसार अधिबेशन सम्पन्न भई नेतृत्व चयन भएका पालिकामा रुवीभ्यालीमा प्रेम तामाङ, गंगाजमुनामा भक्तबहादुर लामिछाने, खनियाबासमा पन्थ तामाङ, नेत्रावती डवजङमा सुवर्णप्रसाद रिमाल, नीलकण्ठमा हरीबहादुर श्रेष्ठ, सिद्धलेकमा कमला शर्मा अधिकारी, वेनिघाटरोराङमा रमेश भट्टराई र गजुरीमा माधव भण्डारीको अध्यक्षतामा पालिका कमिटी चयन भएको हो ।

अधिवेशन हुन बाँकी रहेका धुनीवेशी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा १३ गते शनिबार अधिवेशन हुने भएको छ भने ज्वालामुखि गाउँपालिकामा १७ गते निर्वाचन कार्यक्रम रहेको छ।त्यस्तै थाक्रे गाउँपालिका र गल्छी गाउँपालिकामा २७ गते अधिवेशन हुने एमाले धादिङका प्रचार विभाग प्रमुख सापकोटाले जानकारी दिनुभयो।
एमालेको विधानले पालिका कमिटीमा पनि ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ । ८ स्थानीय तहमा अधिवेशन भएकोमा सिद्धलेक गाउँपालिकाको नेतृत्वमा कमला शर्मा अधिकारी एकमात्र महिला अध्यक्षका रुपमा चयन हुनुभएको छ। वडातहमा २ जनामात्र महिला अध्यक्ष निर्वाचित भएको छ ।