पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल अब प्रतिलिटर १५५ रुपैयाँ

885 पटक पढिएको

२ चैत्र २०७८, बुधबार २१:४८ सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ।

निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो। यी तीनै पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको नेपाल आयल निगमले जानकारी दिएको छ।

नयाँ मूल्य कायम भए संगै पेट्रोलको मूल्य अब१५५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यस्तै आन्तरिक हवाइ इन्धनमा पनि प्रतिलिटर १५ ले वृद्धि गरी १५१ रुपैयाँ पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १४४९ अमेरिकी डलर पुर्‍याइएको भन्दै निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

एलपी ग्यास मूल्य भने यथावत रहेको निगमले जनाएको छ।