गठबन्धन नमान्ने काङ्ग्रेस कार्यकर्ताको चेतावनी

1434 पटक पढिएको

२७ चैत्र २०७८, आईतवार २२:५३ सम्पादक: धादिङ न्यूज

धादिङ – सत्ता गठबन्धन दलहरु एक भएर आसन्न स्थानीय चुनावमा जाने घोषणा गरेको भएपनि नेपाली काङ्ग्रेस धादिङको नीलकण्ठ १० नम्बर वडा कमिटीले गठबंधन अस्वीकार्य भएको लिखित जानकारी दिएको छ।         धादिङमा रहेका सत्ता गठबन्धन दलहरु एक भएर चुनावमा जाने तयारीमा रहेको बेला काङ्ग्रेसको वडा समितिले जिल्ला देखि केन्द्रीय समिति सम्मलाई लिखित पत्र लेखेर गठबन्धनको बिरोध जनाएको हो ।