कृषि पत्रकार महासंघ वागमती प्रदेश गठन,अध्यक्षमा मनिष

629 पटक पढिएको

४ भाद्र २०७९, शनिबार २१:०० सम्पादक: धादिङ न्यूज

धादिङ । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था नेपाल कृषि पत्रकार महासंघ वागमती प्रदेश समितिको अध्यक्षमा चितवनका मनिष अधिकारी चयन भएका छन् । शुक्रवार चितवनमा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने १ सदस्य थप गर्न बाँकी रहेको वताईएको छ ।

समितिको उपाध्यक्षमा  सिन्धुलीका  राजकुमार कार्की, सचिवमा मधुसुदन गुरागाई, सहसचिवमा चितवनका रामशरण गैरे, कोषाध्यक्षमा  चितवनका  दिलीप डल्लाकोटी चयन भएका छन्।

सदस्यमा दोलखाका  अविरल बस्नेत, ललीतपुरका  सुभानु आचार्य, सिन्धुपाल्चोकका  विदुर गिरी, रामेछापका सुर्दशन राय, चितवनका  कमला भूषाल , कृष्ण प्रसाद खनाल र धादिङका कृषि रेडियोका राजाराम डंगोल चयन भएका छन् ।