थपलिया परिवारलाई ओलीको लिखित समबेदना

242 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- नेकपा एमालेबाट धादिङ क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार इन्जिनियर गजेन्द्रप्रसाद थपलियाको परिवारलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले लिखित समबेदना पठाउनु भएको छ ।

     नेपाल बुद्धिजिवी परिषदका महासचिव समेत रहनुभएका इन्जिनियर थपलियाको बुबा शिव प्रसाद थपलियाको ८८ बर्षको उमेरमा यहि कात्तिक १६ गते निधन भएको थियो । चुनावी अभियानमा रहेका थपलिया हिन्दु संस्कार अनुसार बुबाको हुनुहुन्छ ।

 

नेकपा एमालेका स्थायी समिति सदस्य एवम वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको नेतृत्वमा आएको एमाले नेताहरुको टोलीले बुधवार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ परेवाटार स्थित घरमा पुगेर थपलिया परिवारलाई पार्टी अध्यक्ष ओलीको लिखित समवेदना पत्र बुझाएको हो । टोलीमा नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर पुष्प थपलिया, आयोगका सदस्य मिनराज कँडेल, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव लक्ष्मण शर्मा,ओलीका सञ्चार बिज्ञ एवम एमाले प्रचार विभाग सदस्य  चेतन अधिकारी, एमाले वागमती प्रदेश कमिटी सदस्य धुव्र विक लगायतका नेताहरु रहेका थिए ।

ओली प्रधानमन्त्री भएका बेला इन्जिनियर गजेन्द्र प्रधानमन्त्रीका बिकास बिज्ञ सल्लाहकार हुनुहुन्थ्यो । गजेन्द्र प्रदेशका आर्थिक मामिला मन्त्री एवम माओवादी केन्द्रका केन्द्रिय सदस्य शालिकराम जमकट्टेल संग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ जमकट्टेलले पनि केही दिन अघि थपलियाको घरमै पुगेर बुबाको निधन प्रति समवेदना व्यक्त गर्नु भएको थियो ।

थपलियाको अनुपस्थितीमा नेकपा एमालेका नेता कार्यकर्ताले गाउँ गाउँमा पुगेर चुनावी माहोल वनाउँदै भोट मागिरहेका छन् । बुवाको निधन पछि शोकमा रहनु भएका थपलियाले मतदातालाई चुनाव अघि भेट्न नसकेपनि चुनावपछि घर घरमा पुगेर भेट्ने बताउनु भएको छ ।