ग्रामीण संचार सहकारी धादिङको अध्यक्षमा सुवास खतिवडा

330 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको पहिलो एफ.एम.संचालन गर्ने ग्रामीण संचार सहकारी संस्था लिमिटेड धादिङको अध्यक्षमा सुवास खतिवडा चयन हुनु भएका छ । खतिवडा सहकारीको संस्थापक सचिव एवम निवर्तमान उपाध्यक्ष र सामुदायिक रेडियो प्रसारक संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । रेडियो धादिङको स्थापना कालमा खतिवडा रेडियोको स्टेशन मेनेजर समेत हुनुहुन्थ्यो ।

धादिङबेसीमा शुक्रबार सम्पन्न सहकारीको १५ साधारणसभा तथा छैटौं अधिवेशनबाट खतिवडाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । सहकारीको उपाध्यक्षमा कल्पना अधिकारी र दामोदर अर्याल, सचिवमा राधिका सापकोटा, कोषाध्यक्षमा कृष्ण प्रसाद लम्साल र सहसचिवमा निरु खरेल चयन हुनु भएको छ ।

अधिवेशनले सहकारीको लेखा सुपरिवेक्षण समिति संयोजकमा रमेश अधिकारी र सल्लाहकार समितिको संयोजकमा गुरुप्रसाद बुर्लाकोटीलाई चयन गरेको छ । बुर्लाकोटी सहकारीको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

२०६३ सालमा स्थापना भएको ग्रामीण संचार सहकारी संस्थाले २०६४ सालदेखि रेडियो धादिङ १०६ मेगाहर्जमा सामुदायिक एफ.एम. संचालन गरिरहेको छ । सहकारीका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे हुन । पाण्डे पछि केही समय गोपाल तिवारी र त्यसपछि बुर्लाकोटी अध्यक्ष बन्नु भएको थियो ।