किसानहरुलाई कृषि सामाग्री वितरण

494 पटक पढिएको

८ असार २०८०, शुक्रबार २१:२२ सम्पादक: धादिङ न्यूज

८ असार, थाक्रे–११
कृषि ज्ञान केन्द्रद्धारा चालु आ.ब.को योजनाबाट रैथानेबाली प्रवर्धन अन्तर्गत स्थानीय जातको २०० केजी कोदोको बिउ सहित कृषि प्रविधियुक्त सामग्री गोगनपानी सानाकिसान सहकारी संस्थामार्फत आज शुक्रवार एक कार्यक्रम विच कृषकहरुलाई वितरण गरिएको छ ।
५० प्रतिशन अनुदानमा आधारित सामाग्री वितरण कार्यक्रम अन्तर्गत १५ लाख कृषि ज्ञान केन्द्र, धादिङबाट र १५ लाख रुपैयाँ कृषकबाट साझेदारीमा उक्त सामाग्री वितरण गरिएको हो । कार्यक्रममा गोगनपानी सानाकिसा सहकारी संस्था को कार्यक्षेत्र गल्छि ८ तथा थाक्रे गाउँपालिका वडा नं. ११ का किसानहरुलाई किसानहरुको मागका आधारमा मिनि टिलर ३४ वटा, २२ वटा कम्बाइन मिल, ४४ वटा स्प्रे पम्प, थ्रेसर ९ वटा र डिजिटल काँटा २० वटा सामाग्री वितरण गरिएको गोगनपानी सानाकिसान सहकारी संस्थाका अध्यक्ष बद्रि रुपाखेतीले जानकारी दिनुभयो ।