संसद्लाई तीन दलले ‘सिन्डिकेट’ बनाउन खोजेको रवि लामिछानेको आरोप

107 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई प्रमुख तीन राजनीतिक दलले आफ्नो ‘सिन्डिकेट’ बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

आज सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संसद्लाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले आफ्नो सिन्डिकेट बनाउन खोजेको आरोप लगाउनुभएको हो ।

उहाँले तीन राजनीतिक दलहरूका बीचमा सल्लाह मिल्दा संसद् चल्ने र सल्लाह नमिल्दा संसद् नचल्ने भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

यस्तै उहाँले मिटरब्याज पीडितहरूको पक्षमा आफूहरु नरहेको प्रचार गरिएको भन्दै त्यसमा सत्यता नरहेको स्पष्ट पपार्नुभएको छ । मिटरब्याज पीडितका लागि आएको अध्यादेशको पक्षमै रहेको उल्लेख गर्दै उहाँले अन्तिम दिनमा संसदमा ल्याउनु नै सरकारको गल्ती भएको बताउनुभयो ।