पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तीमा पुर्‍याउन आवश्यक छ : माधव नेपाल

96 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तीमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको जन्मदाता, शुरुवात कर्ता, संस्थापक मात्रै नभइ पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहनुभएको बताउनुभयो ।

अध्यक्ष नेपालले कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्नेकुरा पुष्पलालले धेरै पहिला भने अनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको बताउनुभयो ।