बालेन र हर्कको चर्चासँगै मेयरको विषयमा फिल्म बन्दै

195 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङको चर्चासँगै मेयरको विषयमा फिल्म नै निर्माण हुन थालेका छन् ।

केही अगाडि निर्देशक राजु गिरीले बालेनबाट प्रभावित हुँदै ‘मेयर साहेब’ फिल्म निर्माणको घोषणा गरेका थिए । जसको छिट्टै छायाङ्कन सुरु हुने बताइन्छ । यस्तै सफल निर्देशक दीपेन्द्र के खनालले पनि ‘मेयर’ नामबाट फिल्म बनाउने भएका छन् ।

फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ । दीपेन्द्रले पनि आफ्नो अगामी फिल्म ‘मेयर’ नामबाट हुने जानकारी दिए । ‘फिल्मको लेखन कार्य हुँदैछ । नाम मेयर हो । विषयवस्तु यसको हुन्छ भनेर भन्न सकिन्न’ दीपेन्द्रले थपे ।

फिल्मको निर्माणमा दीपेन्द्र र सुरेन्द्र पाण्डेले सहकार्य गर्दैछन् । दीपेन्द्रले यसअघि ‘लकडाउन’ नामको फिल्म दर्ता गरेका थिए । त्यो नै परिवर्तन गरेर ‘मेयर’ राखेका हुन् । दीपेन्द्रले हालै ‘पशुपतिप्रसाद २’ को सुटिङ सकाएका छन् ।