लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

134 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

६ जना यात्रुसहित विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो । नाइन एनए–एमभी कलसाइन रहेको हेलिकप्टर पौने ११ बजे काठमाडौं आईपुग्नु पर्नेमा सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । हेलिकप्टरको खोजी कार्य जारी रहेको पनि विमानस्थलले जनाएको छ ।