मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाँच जनाको शव भेटियो

169 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज बिहान बेपत्ता भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। दुर्घटनामा पाँच जनाकाे शव फेला परेकाे छ।

हेलिकोप्टर रुखमा ठोकिएर दुर्घटना भएको बुझिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले  अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान नभएको बताउनुभयो ।