मनाङ एयरको हेलिकोप्टर दुर्घटना : पाइलटसहित ६ जनाकै मृत्यु पुष्टि (नामसहित)

120 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । मनाङ एयरको हेलिकोप्टरमा सवार यात्रु सबै विदेशी नागरिक भएको पुष्टि भएको छ । एकजना हेलिकोप्टर चालक भने नेपाली हुनुहुन्छ । दुर्घटनामा पाइलट चेतबहादुर गुरुङको पनि मृत्यु भएको छ ।

हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु सवार थिए । सबैको मृत्यु भइसकेको पुष्टि भएको छ ।

चालक निकै अनुभवी पाइलट हुनुहुन्छ ।उहाँले सन १९९८ देखि उडान शुरु गर्नुभएको थियो । पछिल्लो १० वर्षयता भने गुरुङ मनाङ एयरमा आबद्ध हुनुहुन्थ्यो । उहाँ ५४ वर्ष भएको जनाइएको छ । नाइनएनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको छ ।

मृतक पाइलट मात्र नेपाली र बाँकी सबै मेक्सिकन नागरिक भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले बताउनुभयो ।

पाइलट क्याप्टेनः चेत गुरुङ : नेपालीे

यात्रुहरू : सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक (मेक्सिकन नागरिक)