प्रचण्ड पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा राखियो

181 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पार्थिव शरीर पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ। श्रद्धाञ्जली दिनका लागि उनको पार्थिव शरीर पेरिसडाँडा पुर्‍याइएको हो।

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ। श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

दाहालको हृदयाघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो।