प्रधानमन्त्री प्रचण्ड तीन दिन औपचारिक कार्यक्रममा सहभागी नहुने

140 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

हिजो बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ ।