असार महिना सकिनै लाग्दा देशभर ५३ प्रतिशत धान रोपाइँ सकियो

144 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । असार महिना सकिनै लाग्दा मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि असार महिनालाई सबैभन्दा राम्रो मानिन्छ ।

संघीय सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म देशभर ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

यो बर्ष मनसुन सुरु हुन ढिलो हुनुका साथै खेत जोत्ने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोेरै प्रभावित भएको मन्त्रालयले जनाएको छ । विस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चिता र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा साउन महिनामा रोपाइँको प्रतिशत क्रमशः बढ्दै जाने बताईएको छ ।