लगातारको वर्षापछिको पहिरोका कारण अधिकांश सडक अवरुद्ध

141 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न भागमा सडक मार्गहरु अवरुद्ध भएका छन् ।

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध भएका छन् । सडक विभागका अनुसार १५ वटा सडक एकतर्फी सञ्चालनमा रहेका छन् ।

सडक विभागले केचना–चन्द्रगढी,चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको जनाएको छ ।

यस्तै,चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने तमोर करिडोरको सडक पनि पाँचथर माझीटारस्थित हेवा खोलामा अवरूद्ध छ ।

त्यसैगरी तानसेन–रिडी–कोरला,डुम्रे–बेशीसहर–चामे,कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,कर्णाली राजमार्गको दैलेखस्थित जमुनाह–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु लगायतका विभिन्न राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ ।