गल्छी गाउँपालिका वडा नम्बर ८ लाई एम्बुलेन्स हस्तान्तरण

383 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको गोगनपानी स्वास्थ्य चौकीलाई  भारतिय राजदुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको छ।

गल्छी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष विशाल लुङ्गेलीले सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट गर्दै भारतिय राजदुतावासले दिएको एम्बुलेन्स प्राप्त भएको जानकारी गराउनु भएको हो ।

नेपाल–भारत मैत्री बिकास साँझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

काठमाण्डौंमा भएको एक कार्यक्रमका बिच वडाअध्यक्ष लुङ्गेलीलाई एम्बुलेन्सको साँचो प्रदान गरिएको थियो ।

वडाअध्यक्ष लुङ्गेलीले एम्बुलेन्स प्राप्त भएको र गोगनपानी स्वास्थ्य चौकीमा रहने उक्त एम्बुलेन्सले गल्छी गाउँपालिका वडा नम्बर ८ का वासिन्दा र आपतकालिन अवस्थामा अन्य क्षेत्रका वासिन्दाको स्वास्थ्य सेवामा सहयोग पुग्ने बताउनु भएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

आईतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गर्नुभएको भारतीय दूतावासले जनाएको छ ।

नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदै आएको भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।